notification menu

    कामना सेवा विकास बैंकले डिजिटल कारोबार प्रबर्धन गर्ने उद्देश्यका साथ आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा २०७९ साल कार्तिक २३ देखि २७ गते सम्म Pokhara Tour Offer संचालनमा ल्याएको थियोे । उक्त अवसरमा डिजिटल कारोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्नो ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफरहरु मध्य, Khalti Digital Wallet सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो KS iMobile मार्फत कुनैपनि तीन वटा फरक transactions गरेका एक जनाले 2 Days 3 Nights Pokhara Tour Package प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल हुनु भएको छ ।

    उक्त कारोबार गर्ने ग्राहकहरु बीच Lucky Draw गरी बिबेक श्रेष्ठलाई Pokhara Tour Package को विजेता घोषणा गरिएको थियो ।